अस्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण भएको पुष्टी

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोनाभाइरसको सं क्रमण भएको छ। आइतबार अस्ट्रेलियामा कोरोनाबाट मृतकको संख्या ३ पुग्दा संक्रमित संख्या ७४ पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ।

पछिल्लो विवरणअनुसार अस्ट्रेलियामा कोरोनाबाट सं क्रमित एक नेपाली विद्यार्थी पनि हुन्। अस्ट्रेलियाको तास्मानिया राज्यस्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षका नेपाली विद्यार्थीलाई कोरोनाको सं क्रमण भएको छ।

Advertisement

अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको एबीसी न्युजलाई उदृत गर्दै द गार्जियनले जनाएको छ। गत फेब्रुअरी २६ मा ती नेपाली विद्यार्थी सिंगापुर हुँदै अस्ट्रेलिया पुगेका थिए।

रुघाखोकीको समस्या देखिएपछि उनले शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गराएका थिए। शनिबार आएको रिपोर्टमा उनलाई कोरोना सं क्रमण रहेको पुष्टि भएको हो। तर त्यहाँको स्वास्थ्य विभागले उनको परिचय भने गोप्य राखेको छ।

More News last news
Loading...