शिवरात्रीः सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकको बसले किचेर मृत्यु 

दोलखा । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शिवरात्रि मनाउँने क्रममा सडकमा डोरी टाँगेर पैसा उठाइरहेका बालकलाई बसले ठक्कर दिएको हो ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का बालक पुजन थामीको मृत्यु भएको हो ।

Advertisement

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

साप्ताहिक राशिफल

More News last news
Loading...