काठमाडौं । ‘भिजिट नेपाल–२०२०’ को अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने भिडियो सार्बजनिक गरेको छ ।
नगरपालिका भित्र रहेका धार्मिक, सांस्कृतीक, पर्यटकीय स्थलहरुबारे जानकारी दिने उद्देश्यले भिडियो सार्बजनिक गरिएको नगरपालिकाले जनाएको छ । भ्रमण बर्षमा स्याङ्जा जिल्लामा पनि धेरै पर्यटकीय स्थलहरु रहेको भन्दै प्रचार गरेर जिल्लाप्रति पर्यटकलाई आकर्षित गर्न गीतसहितको भिडियो सार्बजनिक गरिएको पर्यटन प्रर्वद्धक अन्ततकुमार श्रेष्ठले जानकारी दिए ।
गीतले नगरपालिका भित्र रहेका भैरवथान, भालुपहाड, कैलाश गुफा, सतौ चण्डकीकालीका, नुवाकोट दरबार, कालिका मन्दिर लगायतका दर्जनौ स्थलहरुबारे चर्चा गरिएको छ । उक्त गीतमा स्याङ्जाली गायक तथा सर्जक लोकनाथ सापकोटा र गायिका तारा पौडेलको स्वर रहेको छ ।
उक्त गीतको रचना पनि गायक सापकोटाले नै गरेका हुन् । गायक सापकोटाले यस अघि पनि ‘आइ लभ यु स्याङ्जा’ भन्ने गीत बजारमा ल्याएका थिए । गीतको भिडियोमा पुतलीबजार नगरपालिकाकी प्रमुख सिमा क्षेत्री सहित वडा अध्यक्षहरुको सहभागिता रहेको छ ।
भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
