सहकारी समन्वय विभागको सदस्य-सचिव तारकेश्वरका राजकुमार खड्का चयन

तारकेश्वर–११ का राजकुमार खड्का सहकारी समन्वय विभागको सदस्यसचिवमा चयन भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृसंगठन अन्र्तगतको सो विभागको खड्का सदस्य सचिवमा मनोनीत भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३ नं प्रदेशका सह–सचिव समेत रहेका खड्का अरविट वचत तथा ऋण सहरकारी संस्था लि.को अध्यक्षका साथै काठमाण्डौ बचत तथा ऋण सहकारी संघका सञ्चालक हुन् ।

Advertisement

सहकारी क्षेत्रलाई आफनो विशेष कार्यक्षेत्र बनाउँदै आएका खड्कालाई पार्टीले सहकारी समन्वय विभागको सदस्य सचिवको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को ४० वटा विभागमा सहकारी समन्वय विभागको पुर्नगठन भएको हो । तिर्थराज चटौतको नेतृत्वमा १५ सदस्यीय सो समन्वय विभागमा निम्न व्यक्तिहरु पदाधिकारी तथा सदस्यको जिम्मेवारीमा रहेका छन्।

१. तीथराज चटौत–प्रमुख
२. धुर्व खनाल–उप–प्रमुख
३. राजकुमार खड्का–सदस्य–सचिव
४. ईच्छा बहादुर गुरुङ
५. सुरेश खड्का
६. आत्माराम दाहल
७. राधाकृष्ण श्रेष्ठ
८. यशोदा गतौला
९. विक्रम लामा
१०.रस्मिला कार्की
११.श्यामसुनदर पण्डित
१२.शर्मीला न्यौपाने
१३. कुमारमणी दाहाल
१४.राजु मानन्धर
१५.जीत बहादुर तामाङ

More News last news
Loading...