लेखनाथ महोत्सव: बाल उद्यानमा पिङ २० मिनेट अड्कियो, सवै सकुशल

लेखनाथ । लेखनाथको तालचोक डाँडाको नाकमा चलिरहेको १६ औं संस्करणको लेखनाथ महोत्सवमा शनिवार बाल उद्यान तर्फ १६ जना चढेको पिङ झण्डै २० मिनेटसम्म अड्किदा ठुलो दुर्घटनाबाट जोगिएको छ।

२० मिनेटसम्म उल्टो रहेको पिङलाई डोरीको सहायताबाट तल झारेर फसेका १६ जनाको उद्धार गरिएको थियो।

Advertisement

उद्धार पछि स्वास्थ्यमा समस्या देखिएका १० जनालाई उपचारका लागि लेखनाथको बुढि बजारमा रहेको लेखनाथ सिटी अस्पताल र सामुदायिक लायन्स अस्पतालमा उपचार गरिएको छ।

ति मध्ये अस्मिता क्षेत्री र शिक्षा अधिकारीको उपचार भैरहेको छ भने अन्य उपचार पछि घर फर्किएका छन्।

कबिता आले, अनिता तिमिल्सीना, सन्तोषी तिमिल्सीना, प्रकाश पौडेल संजिव मरासिनी, सुस्मिता श्रेष्ठ, संञ्जीब श्रेष्ठ र गोविन्द श्रेष्ठ सामान्य उपचार पछि घर फर्किएका छन् ।

झण्डै ३० फिटको उचाईमा १६ जना दर्शक चढेको पिङ उल्टो अड्किदा केही समय तनाव भएको थियो।

२० मिनेट पछि डोरीको सहायताले पिङलाई तल झारिएको थियो । पिङ अडकिदा दर्शकहरुका विचमा रुवावासी समेत भएको थियो।

पिङ हाइड्रोलिकको समस्याले माथि अड्किएको हुन सक्ने र यस बिषयमा बाल उद्यान संचालकसँग थप बुझ्ने काम भैरहेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । विग्रिएको पिङ अहिले बन्द गरिएको छ।

महोत्सव स्थलमा जोखिम व्यवस्थापनको तयारी नपुगेको भन्दै केही बेर दर्शकहरुले बालउद्यान क्षेत्रमा आक्रोस समेत पोखेका थिए ।

पिङमा रहेका पोखरा २९ का प्रकाश पौडेलले थप केही समय उद्धार हुन नसकेको भए ठुलै दुर्घटना हुने बताए । उनले शुरुमा त पिङ रोकिएको होला भनेर मजाक गरीरहेको तर समय लामै भएपछि पिङमा रहेका सवै आत्तिएर रुन करान थालेको बताए ।

महोत्सवमा ठुलो दुर्घटना हुनबाट जोएिको भन्दै थप सजगता अपाईने बाल उद्यान संयोजक धिरज श्रेष्ठले बताए ।

बालउद्यान, स्टेज, तथा स्टल सहितका स्थानमा थप सावधानी अपनाउन र तुरुन्त रेस्क्यू हुने गरी तयारी अवस्थामा राख्न दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन् ।

शनिवार महोत्सवमा दर्शकहरुको चाप अधिक हुँदा आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।

More News last news
Loading...