रिजन नेपाल
पोखरा । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा साविक विजेता पोखरा पल्टन पराजित हुँदै यात्रा टुंगाएको छ । एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित गर्दै पोखराले प्ले अफ खेल्ने सम्भावना समेत समाप्त गरेको हो ।
झिनो ८० रनको लक्ष्य पछ्याएको धनगढीले मात्र ९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
पूरै ५ खेलमा २ जितसहित ४ अंकसाथ अंकतालिकामा पाँचौ स्थानमा रहेको धनगढीले प्ले अफ सम्भावना भने जिवित राखेको छ । धनगढी अब एलिमिनेटर खेल्न काठमाडौं र विराटनगरको मंगलबार र बुधबार हुने खेलमा भर परेको छ ।
चारै खेलमा अविजित रहँदै अंकतालिकामा शीर्ष चितवन राइनोजले मंगलबार काठमाडौसँग र तीन खेल जितेर दोस्रो स्थानको बुटवल ब्लाष्टर लिग चरणको अन्तिम खेलमा बुधबार विराटनगर टाइटन्ससँग प्रतिष्पर्धा गर्नेछ ।
पोखरा पल्टन १६.३ ओभरमै अलआउट हुँदै मात्र ७९ रनमा समेटिएको थियो । उसका लागि आसिफ शेखले ३२ र विनोद भण्डारीले १२ रन बाहेक अन्य ७ ब्याट्म्यानले दोहोरो अंकको योगफल बिनै आउट भए ।
धनगढीका अनिल खरेलले ३ विकेट लिँदा दीपक पुनिया, कमलसिंह ऐरी, सागर ढकालले समान २–२ विकेट लिएका थिए।
धनगढीको जितमा दीपक पुनियाले सर्वाधिक २५ रनको योगदान दिँदा रोड्रिगो थोमसले १५, दीपकसिंह ऐरीले १३, सुभेन्दु पाण्डेले ११ रन, सन्दीप जोराले २ जोडेका थिए । मञ्जित श्रेष्ठ र अमित यादव अविजित खेले ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
