स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको सरसफाई केन्द्रको स्थापना तथा फोहर खरिद कार्यको शुरु गरेको छ ।
सरसफाई केन्द्रको समुदघाटन गर्दै नगरपालिकाका प्रमुख छायाराम खनालले फोहरका रुपमा फालिने वस्तुहरु समुदायबाट खरीद गरेर संकलन गर्ने कार्यको सुरुवातले नगरपालिका स्वच्छ र हराभरा हुने बताए ।
फोहर उत्सर्जकर्ताले नै आफुले उत्सर्जन गरेको फोहर बिक्री गरि ‘मोहर’ को प्रत्याभुती गर्न पाउने भएको कारण श्रोतमै वर्गिकरण ब्यवस्थित हुने र फोहरकारुपमा फालिने वस्तुहरुलाई प्रभावकारी रुपमा पुनःचक्रिय प्रयोगमा ल्याउन सकिने र नेपालमै पहिलोपटक फोहर खरीद गरेर ब्यबस्थापन गर्न सकिने प्रमुख खनालले बताए ।
नगरपालिकाले विगत १० महिना अघिदेखि नै कुहिने, नकुहिने र शिशाजन्य बस्तुहरु अलग–अलग संकलन गरी अस्थायी रुपमा सञ्चालन गरिएको सरसफाई केन्द्रमा लगेर शुक्ष्म वर्गीकरण गरि बिक्रि गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
