काठमाडौं । हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्याउछ ।
शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ । पर्याप्त मात्रामा फाइबर, प्रोटीन,आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।
नियमित काजु खानुका फाइदाहरु यस्ता छन् :
- दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
- कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्याउँछ ।
- आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
- गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्याएको हुन्छ ।
- कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
- सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
- नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
- हड्डी मजबुत गराउँछ ।
- कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।
- अनुहारको छालामा चमक ल्याउँछ ।
- कुनै साइड इफेक्ट गर्दैन ।
- मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
- थकान मेटाउन सहयोग पुर्याउँछ ।
- जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्याउने ।
- शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
- डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।
- मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
- कोलेस्टेरोल घटाउन सहयोग पुर्याउँछ ।
- रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
- काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
- तनाव घटाएर थकान हुनबाट बचाउँछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
