१३ औँ सागको फुटबलमा नेपाल बिजयी, स्वर्णपदक संख्या ५१ पुग्यो

काठमाडौँ । साग फुटबलमा नेपाल फेरि च्याम्पियन दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ।

मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

Advertisement

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।

खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ। साग फुटबल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन्।

फुटबलसँगै नेपालले १३ औँ सागमा स्वर्ण पदकको संख्या ५१ पुर्याएको छ।

 

More News last news
Loading...