साग खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगु

काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्न आएका श्रीलंकाका ६ एथ्लेटिक्स खेलाडीलाई डेंगु लागेको छ।

एथ्लेटिक्समा प्रतिस्पर्धा गर्न काठमाडौं आएका उनीहरुमा डेंगु लागेको भेटिएको हो। बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ। जसमध्य दुई जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

Advertisement

अरु खेलाडीलाई केही दिनमा डिस्चार्ज गरिने सागको स्वास्थ्य समितिका संयोजक अजय राणाले खेलपाटीलाई जानकारी दिएका छन् । श्रीलंकाले बिरामी भएर उपचार गराईरहेका बिरामीको विवरण गोप्य राखेको छ ।

आईतबार बिहान सात देशका सेभ द मिसनको बैठक बसेको थियो । सो बैठकमा श्रीलंकाली प्रतिनिधिले आफ्ना ६ जना खेलाडी डेंगु लागेर हस्पिटलमा उपचार गराएको जानकारी गराएको थियो ।

श्रीलंकाले आफ्ना खेलाडीको उपचार खर्च ब्यहोर्न नेपाल समक्ष माग समेत गरेको छ ।

बैठकमा नेपालले सामान्य उपचार खर्च आयोजकले ब्यहोर्ने भएपछि ठुला खर्च सम्बन्धित देशलेनै गर्नुपर्ने बताएको थियो । उपचार खर्च गरेर अर्को बैठकमा यसबारे निर्णय गर्ने जानकारी नेपालले गराएको थियो ।

More News last news
Loading...