पोखरा । दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करणमा प्याराग्लाइडिङ समावेश नहुने भएको छ ।
प्याराग्लाइडिङ खेल सराङकोटको तोरीपानीमा सञ्चालन गर्ने र नाम दर्ता गर्न बुधबारसम्म अन्तिम समय तोकिएको थियो । तर नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी भएन । नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले तेस्रो राष्ट्रले खेलाडी दर्ता नभएपछि प्रतियोगिता नहुने निश्चित भएको बताए ।
‘पाकिस्तानबाट पनि जम्मा २ जना खेलाडीको नाम दर्ता भएको छ । जबकी प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘दर्ता भएको राष्ट्रले पनि खेलाडी संख्या नपुर्याएकाले खेल नहुने भएको हो ।’ सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ । प्याराग्लाइडिङ खेल नहुनेभएपछि अब पोखरामा ८ खेल मात्रै हुने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
