नेपाल टी-२० वरीयतामा एक स्थान माथि उक्लियो

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ।

अघिल्लो महिनाको वरीयता क्रममा दुई स्थान तल झर्दै १३औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२औँ स्थानमा उक्लिएको छ।

Advertisement

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ। यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र यूएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने यूएई १५औँ स्थानमा पुगेको छ।

यसअघि यूएई १२औँ स्थानमा थियो। वरीयता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन्। यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन्।

More News last news
Loading...