मेस्सीले जिते गोल्डेन बुट अवार्ड

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले छैठौँ पटक गोल्डेन बुट अवार्ड जितेका छन्।

बुधबार आयोजनना भएको एक विशेष समारोहका बीच मेस्सीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिएको हो।

Advertisement

मेस्सीले यो सिजनमा युरोपियन लिगमा सवार्धिक गोल गर्दै गोल्डेन बुट अवार्ड हात पारेका हुन्। मेस्सीले यस सिजनमा ३६ गोल गरेका थिए।

पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन्। शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरे।

उनले गोल्डेन बुट अवार्ड जितेको यो छैठौँ पटक हो । त्यस्तै लगातार तेस्रो पटक उनले गोल्डेन बुट अवार्ड जितेका हुन्। मेस्सी लगातार तेस्रो सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी हुन्।

More News last news
Loading...