काठमाडौँ । साढे तीन वर्ष लामो अन्तर्राष्ट्रिय निलम्बन भोगिरहेको नेपाल क्रिकेट सङ्घ (क्यान)
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले २०७२ सालमा क्यानलाई निलम्बन गर्दाका अध्यक्ष चन्दले पूर्वअध्यक्ष समेत रहिसकेका विनयराज पाण्डेलाई २९ मतको भारी अन्तरले पराजित गरेका हुन्। चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले जम्मा १५ मत मात्र प्राप्त गर्न सक्यो।
सत्र सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा चन्द समूहको प्यानलले बहुमत प्राप्त गरेको बताइएको छ। निर्वाचनमा जिल्ला क्रिकेट सङ्घको ३९ र प्रदेशबाट २० प्रतिनिधि गरी ५९ जनाले मतदान गरेका थिए।
कसको कति मत ?
चन्दको समूहबाट निर्वाचनमा सहभागी भएकाहरू उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुर्याल र कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी भएका छन्। उपाध्यक्षमा श्रेष्ठले मिङ्मा डुण्डु शेर्पालाई ४१/१७ मतले, सचिवमा प्याकुर्यालले विनोद मैनालीलाई ४३/१५ मतले तथा कोषाध्यक्षमा सिंहले उपेन्द्र भट्टराईलाई ४५/१२ मतले पराजित गरेका हुन्।
आईसीसीले खडा गरेको स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा क्यानको निर्वाचन गरेको हो। निर्वाचन पर्यवेक्षण गर्न आईसीसीका प्रतिनिधि काठमान्डूमा छन्। निर्वाचनपश्चात् नयाँ कार्यसमिति गठन भएपछि आईसीसीले नेपाल क्रिकेट सङ्घमाथि लगाँउदै आएको निलम्बन फुकुवा हुने भनिएकोले यो निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
