भुटानलाई हराउँदै बंगलादेश साफ यू–१८ फुटबल च्याम्पियनिसपको फाइनलमा

काठमाडौँ । जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपमा बंगलादेश फाइनलमा पुगेको छ। गएको संस्करणको उप–विजेता बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गरी दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि ३–० को सानदार जित दर्ता गर्न सफल भयो। तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो।

Advertisement

More News last news
Loading...