साफ यू-१८ च्याम्पियनसिपः नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ । नेपाल साफ यू-१८ च्याम्पियनसिपको समूह चरणबाट नै बाहिरिएको छ। समूह ए को अन्तिम खेलमा भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरी भएपछि नेपाल समूह चरणबाट नै बाहिरिएको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा भुटानले माल्दिभ्सलाई कम्तीमा चार-शून्यले हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको थियो। तर त्यसको विपरीत भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरीमा सकियो। जसका कारण साविक विजेता नेपाल घरेलु मैदानमा समूह चरण पार गर्न सकेन।

Advertisement

नेपालले आफ्ना दुई खेलमा माल्दिभ्स विरुद्ध एक-एक गोलको बराबरी खेलेको थियो भने भुटानसँग तीन-शून्यले हारेको थियो। उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताएको टिमले आफ्नो खेलमा राम्रो गर्न नसक्दा अरुको भर परेको थियो। तर विपक्षी टिमको खेलले पनि साथ दिएन।

भुटान र माल्दिभ्सले त्यस्तो आक्रामक फुटबल खेल्न सकेनन् । दुवैलाई बराबरीले पनि सेमिफाइनलमा पुग्ने अवस्था रहेकाले पनि आनन्दको खेल खेले । प्रतियोगितामा भोलि भारत र श्रील‌काबीच खेल हुनेछ।

More News last news
Loading...