अन्तिम समयमा नेपाललाई झट्का दिदै कुवेतले खेल्यो बराबरीमा

काठमाडौं । नेपालले एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोट खेलमा कुबेतसँग बराबरी खेलेको छ।

जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो।

Advertisement

पहिलो हाफमा गोलरहित दुबै टिमले बराबरी खेलेका थिए। दोस्रो हाफमा खेलको ७४ औं मिनेटमा दीपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाए। नेपालले यो अग्रता जोगाउन नसक्दा कुवतेसँग अंक बाँड्नु पर्यो

तर खेलको अतरिक्त समयमा कुवेतले पेनाल्टी पायो। पेनाल्टीको सदुपयोग गर्दै अब्दुलवाहब अलहिन्दीले गोल गरेपछि नेपालले कुवेतसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनु पर्यो।

समूह ‘ए’ मा रहेको नेपालले अब श्रीलंका र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

More News last news
Loading...