काठमाडौँ । पाँचौं संस्करणको साफ यू-१५ फुटबल प्रतियोगितामा भारतसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ।
शनिबार कल्याणीमा भएको फाइनल खेलमा आयोजक भारतले नेपाललाई ७-० गोल अन्तरले पराजित गरेसँगै नेपालले लज्जास्पद हार व्यहोरेको हो।
भारतले उपाधि हात पार्दा नेपाल उपविजेतामै सीमित बन्न पुग्यो। भारतको तर्फबाट सिद्धार्थले दुई गोल गरे भने महेसन सिंह, अमन दिप, शिवजित सिंह, हिमांशु जंग्रा र टाइसन सिंहले एक-एक गोल गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
