आईसीसी टी–२० विश्वकप एसिया : कुवेतलाई ७ विकेटले हटाउँदै नेपाल विजयी

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन्।

Advertisement

त्यस्तै शरद भेषावकरले नटआउट ३८ रन बनाए। उनले ३० बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाएका हुन् । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन बनाएर आउट भए। रोहित पौडेल ६ रनमा नटआउट रहे।

कुवेतका लागि मुहम्मद कासिफले ३ विकेट लिए।

जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आइतबारको खेलमा सिंगापुरलाई हराएमा विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।

More News last news
Loading...