टी–२० क्रिकेट : मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं । पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ। यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रह्यो।

किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो। पारस खड्का र प्रदिप ऐरी ओपनिङमा आएका थिए तर, प्रदिप सस्तैमा आउट भए। ज्ञानेन्द्र मल्ल ७ र रोहितकुमार पौडेल मात्र ५ रनमा आउट भए तर कप्तान खड्काले कप्तानी इनिङ खेले।

Advertisement

उनले मात्र ५० बलमा ड चौका र ५ छक्काको मदतमा अविजित ८६ रन बनाए। चोथो विकेटका लागि उनले शरद भेषावकरसँग ६१ रनको साझेदारी गरे। शरद भेषावकर १६ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो। उसका भिरनदिप सिंहले ५७ रन बनाए भने अहमेद फैजले ४५ रन जोडे। दुबैले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए। अरु ब्याट्सम्यान चल्न सकेनन्। उसका पाँच ब्याट्सक्यान त शुन्यमै आउट भएका थिए।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ र समेपाल कामीले १ विकेट आफ्नो नाममा लेखाए।

More News last news
Loading...