आयोजक ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा गएको खेलमा ब्राजीलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट प्रदर्शन गरे ।

Advertisement

निर्धारित समयमा खेलमा ब्राजिलले प्रभाव जमाएपनि गोल गर्न सकेन । ५८औं मिनेटमा रक्षक फेबियन बालबुना रातो कार्ड पाउँदै बाहिरिएपछि पाराग्वे १० खेलाडीमा समेटिएको थियो । ब्राजीलका फिर्मिन्हो फल हानेपछि रेफ्रीले फेबियनलाई रातो कार्ड दिएका थिए ।

पेनाल्टीमा ब्राजिलका विलियम, मार्किन्होस, फिलिप कोउटिन्हो र ग्याब्रियल जिससले गोल गरे । रोबर्टो फिर्मिन्होको प्रहार बाहिरिएको थियो । यसैगरी पाराग्वेका मिगुएल अल्मिरान, बरुनोे वाल्डेज, रोड्रिगो रोजासको पेनाल्टी प्रहार सफल भएको थियो ।

गुस्तावो गोमेज र डार्लिस गोन्जालेज पेनाल्टीमा चुकेका थिए । सेमिफाइनलमा ब्राजिलले भेनेजुएला र अर्जेन्टिनाबीचको विजेतास‌ँग खेल्नेछ ।

More News last news
Loading...