काठमाडौं । केही हप्ता यता आन्दोलनरत सरकारी चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै संघले आफ्ना मागहरुप्रति सकारात्मक सोच राखी १५ दिनभित्रै समस्याको सम्बोधन गर्ने सम्बन्धित निकायको प्रतिबद्धता आएकोले त्यतिञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने जनाएको हो।
संघले आन्दोलनका क्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण चिकित्सक वर्ग, कर्मचारी तथा संघलाई साथ दिने सम्पूर्ण संघ–संस्था र विशेष रुपमा आन्दोलनको अपनत्व ग्रहण गर्ने पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिककर्मी, सुरक्षाकर्मी लगायतलाई हार्दिक कृतज्ञता ज्ञापन समेत गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
