यू–१९ विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १ रनले पराजित

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल एक रनले पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल यूएईसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा पराजित भएको हो।

किननारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालले सुरुवात राम्रो गर्न सकेन ।

Advertisement

२२ रन हुँदा नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए।

तर आसिफ २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि कप्तान रोहितकुमार पौडेल पनि ब्यक्तिगत १८ रनमा पेभेलियन फर्किदा नेपालले स्कोरबोर्डमा ९७ रन बनाएको थियो ।

त्यसपछि भने नेपालले अरु १८ रन जोड्दा थप दुई विकेट गुमायो । जसका कारण नेपालले एक सय १५ मा ५ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए भने रित गौतम ४४ रनमा पेभेलियन फर्किए।

छैटौ विकेटका लागि डेब्यु गरेको हरी चौहान र भिम सार्कीले ९२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । तर भिम ५३ रनमा आउट हुन पुगे ।

उनले ५४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । तर यी दुई खेलाडीको साझेदारी टुटेपछि नेपालका पारी एका एक कमजोर बन्यो ।

नेपालले दुई सय २४ रन बनाउदा नौ विकेट गुमायो । पुछारका खेलाडी कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरीले मात्र दुई रन बनाए ।

नेपालका लागि आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजीत ६७ रनको पारी खेले । बलिङमा युएईका रिसव मुखर्जीले चार विकेट लिए ।

नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल संभव हुन सकेन ।

जसमा यूएईले जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएईले एक सय २२ रन बनाइसकेकाले नेपाल एक रनले पराजित भयो । जितसँगै यूएई दुई खेलमा चार अंक बनाउदै अंकतालिकाको शीर्ष स्थानमा छ ।

More News last news
Loading...