काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा पाँच जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा आज बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो।
परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशबाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो। सिफारिस पाँचै जनाको संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुन भएपछि नियुक्ति हुनेछ।
पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नुहोस्, हुन्छ सधै लक्ष्मीको बास
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
