साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै, भारतसँग चौथो हार

काठमाडौं । महिला साफ च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि अपुरै बनेको छ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै पाँचौ पटक उपाधि हात पारेको हो। भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो।

Advertisement

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन्।

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन्।तर, दोस्रो हाफमा नेपालले खराब प्रदर्शन गर्यो।अन्तमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित हुनु पर्यो।

More News last news
Loading...