विराटनगर । श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो। नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो। त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन्।
सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो।
नेपालले उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
