कर तिर्ने सहमतिपछि पोखरामा प्याराग्लाडिङ सुचारु हुने

पोखरा । प्याराग्लाइडिङ कम्पनिहरुले स्थानिय निकायलाई ४ बर्षको कर एकै पटक तिर्न सहमति भए पछि बुधबारदेखि पोखराको प्याराग्लाइडिङ उडानमा कुनै अबरोध नहुने भएको छ।

पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) को संयुक्त वार्ता एवं छलफल भए पछि व्यबसायीहरुले एक हप्ता भित्र २०७२/७३ देखि हालसम्म ४ बर्षको स्थानिय निकायलाई शुल्क तिर्ने बिषयमा सहमति भएपछि बुधबार देखि नियमति प्याराग्लाइडिङ उडान हुने भएको हो ।

Advertisement

आजै मात्र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले प्याराग्लाइडिङ कम्पनीहरुले २०७१ सालदेखि स्थानिय निकायलाई तोकिएको राजश्व नतिरेकोले राजश्व नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई बुधबारदेखि उडान गर्न नदिने चेतावनी दिएका थिए। चेतावनीपछि प्याराग्लाइडिङ व्यबसायीहरु अकस्मात बैठक बसी मेयरसँग सम्झौता गर्न पुगेका हुन्।

मंगलबार साझ पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको उपस्थितीमा भएको वार्तामा व्यवसायीहरुले ४ बर्षको एक मुष्ट ८६ हजार रुपैया तिर्ने सहमति जनाएसंगै बुधबार देखि एक हप्ताको समय सिमा दिएर प्याराग्लाइडिङ उडानमा कुनै अवरोध नगर्ने सहमति भएको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरा न्यूजलाई बताए।

उनका अनुुसार कम्पनीहरुले २०७२/०७३ र २०७३/७४ को बार्षिक ५ हजार ५ सय २०७४/७५ को ५० हजार र आर्थिक बर्ष २०७५/०७६ को २५ हजार गरी उक्त रकम तिर्न सहमति जनाएको बताए। वार्तामा भएको सहमतिको आधारमा एक हप्ता भित्र उक्त शुल्क नतिरे कुनै पनि कम्पनीलाई भने उडान बन्द गर्ने भएको अध्यक्ष थापाले जनाए।

यस बर्ष देखि एक लाख रुपैया पर्यटन शुल्क वापत प्रदेश सरकारले स्थानय तहलाई कर संकलन गर्न आव्हान गरेको छ। यस बिषयमा पछि बसेर छलफल गर्ने भएको बताइन्छ। पोखरामा हाल ६३ वटा प्याराग्लाइडिङ कम्पनीहरु रहेकामा करिब ५० वटा कम्पनीहरु नियमित रुपमा संचालन हुदै आएकाछन छन्।

प्याराग्लाइडिङ कम्पनीहरु मध्ये हालसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीले मात्र राजश्व तिरेको बताइएको छ। पोखरामा दुई सय भन्दा बढी नेपाली प्याराग्लाइडिङ पाइलटहरु रहेकाछन भने उतिकै सङख्यामा सोलो प्याराग्लाइडिङ पाईलटहरु रहेका छन्।

पोखरामा दिनहुँ अवैध रुपमा संचालन हुदै आएका विदेशी प्याराग्लाइडिङ पाइटलहरु दुर्घटनामा परेपछि सोको समेत राम्रो रेखदेख गर्ने भएको वडा अध्यक्ष थापाले जनाए।

More News last news
Loading...