हेलिकप्टर दुर्घटनाका ४ शव सुकेटार ल्याइयो, मौसम खराबीका कारण उद्धारमा कठिनाइ

सुकेटार । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाउन सुरु गरेको छ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। अन्य तीन शव ल्याउने तयारी भए पनि मौसमका कारण कठिनाई भइरहेको उनले बताए।

Advertisement

अहिले घटनास्थलमा हिउँ पर्न थालेको र कुहिरो लाग्न सुरु भएकोले बाँकी शव आजै उद्धारको सम्भावना कम रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।

More News last news
Loading...