काठमाडौं । नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। रोमाञ्चक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो।
नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा सीमित हुनपुग्यो। आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे।
मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्। युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।
तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
