काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ। छातीमा समस्या देखिएपछि उनलाई आज अपरान्ह नर्भिक अस्पताल पुर्याइएको हो उनको नर्भिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।
डा यादवदेव भट्टसहितको टिमले उनको उपचार गरिरहेका छन्। शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
पारसलाई मुटुको पुरानो समस्या छ। यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए। आज बिहान उनी ललिपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा दर्शन गर्न पुगेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
