पोर्चुगीज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो फेरी विवादमा तानिएका छन् । स्पेनिस जायन्ट्स रियल मड्रिड छाडेर इटालियन युभेन्ट्स क्लव पुगेका रोनाल्डो फेरी पनि कर छलीको विवादमा तानिएका हुन् ।
रोनाल्डोले सन् २०११ र २०१४ को बिचमा ४ पटक कर छली गरेका स्पेनिस अदालतले आरोप लगाएको छ । उनले स्पेनी अदालतको आरोपलाई तथ्यहिन भनिदिएका छन् । कर छलीको आरोप लागेपछि उनले पनि आफ्नो प्रतिकृया दिएका छन् ।
‘मेरो नयाँ र सुन्दर जीवन फेरी गलत समाचारले विगार्न नखोज’ उनले आफ्नो ईन्स्टाग्राममा लेखेका छन्, ‘मैले कर छली गरेको छैन ।’ उनले आधिकारीक रुपमै आफुल कर छली नगरेको सामजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्ना समर्थकलाई ढुक्क हुन पनि आग्रह गरेका छन्
यस पटकको ट्याक्स काण्डमा रोनाल्डोले १९ मिलियन युरो तिर्नु पर्ने बताइएको छ । ट्याक्स नतिरेको खण्डमा उनलाई २ वर्षको जेल सजाय हुनेछ । विश्वकप सुरुहुन अघिमात्र उनले ट्याक्स तिर्दै यस झन्झटबाट मुक्ती पाएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
