रसिया विश्वकपको अन्तिम खेल आज फ्रान्स र क्रोएसिया मैदानमा उत्रँदै, कसले मार्ला बाजी

काठमाडौं । रुसमा एक महिना अघिबाट सुर भएको फिफा विश्वकप फुटबल २०१८ को आज उपाधि भिडन्त हुँदैछ । लुज्निकी रंगशालामा मस्कोमा नेपाली समयअनुसार राति पौने ८ बजे हुने फाइनल खेलमा फ्रान्स र क्रोएसियाबीच भिडन्त हुनेछ ।

फ्रान्सले बेल्जियम र क्रोएसियाले इंग्ल्याण्डलाई सेमिफाइनलमा पराजित गरेर फाइनलमा सामने  हुन लागेका हुन् । फ्रान्स विश्वकप विजेता टोली हो भने क्रोएसिया पहिलोपल्ट फाइनलमा पुगेको राष्ट्र हो ।

Advertisement

यसअघि शनिबार भएको तेस्रो स्थानको लागि खेल भएको थियो । इंग्ल्याण्डलाई २–० गोलअन्तरले पराजित गर्दै रसिया विश्वकपको तेस्रो स्थान हात पर्न बेल्जियम सफल भएको छ ।

More News last news
Loading...