क्वाटरफाइनलमा ब्राजिल र बेल्जियमको भेट, यस्तो छ विगतको इतिहास

काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिल र बेल्जियम खेल्ने भएका छन् । सोमबार रातिका खेलमा आ आफ्ना खेल जित्दै दुवै टिमले अन्तिम ८ को भेट पक्का गरेका हुन् ।

क्लबमा अनुबन्ध खेलाडीको पारिश्रमिकका हिसावले सबैभन्दा महंगो टिम बेल्जियमले जापानलाई ३–२ ले हराएको हो । दुई – शून्यले पछि परेको अवस्था उल्टाउँदै बेल्जियम विजयी भयो । यस्तै ब्राजिलले मेक्सिकोलाई दुई – शून्यले हराएको हो । 

Advertisement

सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यस यताका हरेक प्रतियोगितामा कम्तीमा क्वार्टरफाइनलसम्म पुगेको छ । पाँच पटकको विश्वविजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । बेल्जियम र ब्राजिलले अहिलेसम्म ४ पटक खेलेकोमा ब्राजिल तीनपटक र बेल्जियम एक पटक विजयी भएका थिए ।

ब्राजिल र बेल्जियमले पहिलोपटक सन् १९६३ मा खेलेका हुन् । त्यो खेलमा ब्राजिललाई बेल्जियमले ५–१ ले हराएको थियो । त्यसयताका सबै खेलमा ब्राजिल हावी हुँदै आएको छ ।

१६ वर्ष यता बेल्जियम र ब्राजिल कुनै प्रतियोगितामा खेलेका छैनन् । सन् २००२ को विश्वकपमा ब्राजिलले बेल्जियमलाई दुई शून्यले हराएको थियो ।

More News last news
Loading...