बलियो ब्राजिललाई रोक्ला त मेक्सिकोले, यस्तो छ बिगतको हेड टु हेड !

काठमाडौं । रुस विश्वकपको अन्तिम १६ मा सोमबार ब्राजिल र मेक्सिकोको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार उनीहरुको बीचमा सोमबार बेलुका पौने ८ बाट प्रतिस्पर्धा सुरु हुन गइरहेको हो ।

समुह ई को विजेता ब्राजिल र समुह एफको उपविजेता मेक्सिकोको बीचमा यो खेल हुन लागेको हो । छैठौं उपाधिको खोजीमा रहेको ब्राजिलले समुह चरणको खेलमा राम्रो प्रदर्शन गरेको थियो । तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा हासिल गरेको टोलीमा सबै खेलाडीहरु उत्कृष्ट लयमा देखिएका छन् । पहिलो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको टोलीले समुह चरणको बाँकी खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आफ्नो प्रदर्शनमा सुधारको लागि ब्राजिलले तयारी पनि तीव्र पारेको छ ।

Advertisement

इतिहास र अहिलेको टोलीको लय हेर्ने हो भने सोमबारको खेल ब्राजिलको लागि सहज हुनेछ तर टोलीका मुख्य खेलाडी नेयमारमाथि भइरहेको अत्यधिक मार्किङ र अन्य खेलाडीहरुको प्रदर्शन आशा गरिएअनुसारको नरहेको अवस्थामा भने यो टोलीका लागि एक समस्या बन्न सक्छ । ब्राजिलका फुटबल अधिकारीहरुले आफूहरुको सबै खेलाडीहरु आफ्नो भूमिका राम्रोसँग निभाउन सक्षम रहेको कारण सोमबारको खेलमा ब्राजिल कुनै एक खेलाडीमा निर्भर नरहने बताएका छन् । 

यद्यपि उनीहरुले मेक्सिकोसँगको खेल ब्राजिलका लागि सहज भने नहुने बताए । समुहचरणमा स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको टोलीका लाथि सोमबारको खेल पनि उक्त खेलभन्दा कम चुनौतीपूर्ण भने नहुने बताइएको छ । मेक्सिकोले पनि यो विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । पहिलो खेलमै जर्मनीलाई पराजित गरेको टोलीमा अहिले धेरैको नजर छ । मेक्सिकोले अन्तिम १६ मा प्रवेश गर्ने क्रममा ६ अंक हासिल गरेको थियो । जसमा जर्मनी र दक्षिण कोरियालाई हराउँदा स्वीडेनसँग भने पराजित भएको थियो ।

यस्तोमा ब्राजिलाई रोक्दै क्वार्टरफाइनलमा पुग्ने मेक्सिकोको दाउ रहेको छ । त्यसका लागि उसले आफ्नो प्रदर्शनमा निकै सुधार गर्नुपर्ने देखिन्छ । पूर्व विजेतालाई पराति गरेर घर फर्काउन सफल भएको टोलीको आँखा ब्राजिल हराउँदै स्वर्णिम इतिहास लेख्नु हुनेछ । यद्यपि ब्राजिल सन् १९९० यता अन्तिम १६ बाट बाहिरिएको छैन ।

हेड टु हेड
इतिहास हेर्ने हो भने स्वाभाविकरुपमा नै ब्राजिलको पल्लाभारी देखिन्छ ।

अहिलेसम्म यी दुई टोलीहरु ४० पटक आमनेसामने भएका छन्, जसमा ब्राजिल २३ पटक विजयी भएको छ भने मेक्सिकोले १० पटकको खेलमा बाजी मारेको छ ।

बाँकी सात खेलहरु बराबरीमा टुङ्गिएका छन् ।

More News last news
Loading...