काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा ४ ३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का बनाएको छ ।
निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १ १ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
टाइब्रेकरमा कोकेले पेनाल्टी मिस गरे जसले गर्दा आयोजक राष्ट्र क्वाटरफाइनलमा पुग्न सफल भएको भयो । यसअघि खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो ।
उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १ ० ले अग्रता लिने अवसर पायो । रसियाले ४१ औं मिनेटमा पाएको पेनाल्टीमार्फत खेललाई बराबरीमा पुर्यायो ।
आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १ १ को अवस्थामा पुग्यो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
