काठमाडौं । स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्टार नेयमारले बताएका छन् ।
शुक्रबारको खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्ने योजनामा आफूहरु रहेको नेयमारले बताएका हुन् । स्विट्जरल्याण्डको खेलमा केही चोटहरुको सामना गरेसँगै मंगलबार भएको प्रशिक्षणमा सहभागी नभएका नेयमार बुधबारको प्रशिक्षणमा भने सहभागी भएका थिए । स्विट्जरल्याण्डको खेलमा नेयमारमाथि १० फाउलहरु भएका थिए । यो समस्याको कारण उनले मंगलबारको अभ्यास गुमाएका थिए ।
यसअघि नेयमारले स्विट्जरल्याण्डसँगको खेलमा खुट्टामा चोट बेहोरेको कारण उनले आगामी खेलहरु गुमाउने आशंका गरिएको भए पनि उनले आफूहरु कोस्टारिकासँगको खेलको लागि तयार रहेको बताएका हुन् ।
नेयमारले आफूहरुले स्विट्जरल्याण्डको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले कोस्टारिकाको खेल्ने शैली पनि आफूहरुले हेरेको तर आफहरु आफ्नै खेलमा केन्द्रित रहेको बताए । समुह ई मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ ।
सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
