काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टी मेसीले मिस गर्दा आइसल्याण्डसँग अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टी मेसीले मिस गरेका हुन्। मेसीको टिम अर्जेन्टिनाले खेलको १८ औँ मिनेटमा लिएको अग्रतालाई आइसल्याण्डले २३ औं मिनेटमा रोकेको थियो ।
अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो।
फन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
