सुन तस्करी प्रकरण : आरके ज्वेलर्सबाट ३० कराेडकाे सुन बरामद

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको छ।

संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको समितिको टोलीले सोमबार न्यूरोडको दुईटा र दरबारमार्गमा रहेको एउटा गरी आरकेका ३ वटा ज्वेलरी पसलमा छापा मारी ३० करोड बराबरको ज्वेलरीसहित सुन बरामद गरेको छानविनमा संलग्न एक अधिकारीले बताए।

Advertisement

उनका अनुसार टोलीले तीन वटै ज्वेलरी पसलमा रहेको सुन जफत गरी शिलबन्दी समेत गरेको छ।

बरामद गरिएको सुनलाई थप अनुसन्धानका लागि विराटनगर पठाउने तयारी समितिले गरेको छ।

साढें ३३ किलो सुन प्रकरणको छानविनका क्रममा आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य यसअघि नै गिरफ्तारीमा परिसकेका छन्। सनम शाक्यको हत्या र चुणमणी उप्रेती ‘गोरे’ पक्राउपछि सुन तस्करी प्रकरणका रहस्यहरु क्रमश बाहिर आइरहेका छन्।

More News last news
Loading...