म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतद्वारा सफाइ

काठमाडौं | खेल मिलेमतोको आरोप लागेका ४ जना फुटबलरसहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश, प्रमोद कुमार श्रेष्ठ, बाबुराम रेग्मी वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।

Advertisement

विशेष अदालतले आज उनीहरुलाई सफाइ दिएको छ । राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको भन्दै प्रहरीले पाँचै जनाविरुद्ध २०७२ कात्तिकमा जन्मकैदको माग गर्दै विशेष अदालतमा मद्दा दायर गरेको थियो । तर खेलाडीले आफु निर्दोष रहेको बताउदै आएका थिए ।

नेपालमा म्याच फिक्सिङका विषयमा कानुन नभएका कारण उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो । पाँच मध्ये अन्जन केसी भने बेटिङ अभियोगमा कहि दिन अघि पक्राउ परेका थिए ।

यद्दपी उनीहरुलाई फिफाले भने आजीविन खेलमा प्रतिबन्ध लगाएको छ ।

More News last news
Loading...