पाल्पा । रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ।
रामपुर नगरपालिकाको रामघाटको भुलादीखोलाको भुद्रङघाट नजिकै फेला परेको अनौंठो गुफा अवलोकन गर्नका लागि दिनहुँ सयौँको संख्यामा भीड लागेपछि अध्ययन अनुसन्धान नहुञ्जेल सम्मका लागि गुफा बन्द गरिएको छ।
पुरातात्विक विभागबाट गुफाको बारेमा अध्ययन अनुसन्धान नगरुन्जेल सम्मका लागि गुफा बन्द गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए।
स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो। गुफाभित्र शिवलिङ, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवानका आकृति रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
