काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपीएल) को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन्।
दिल्ली डेयरडेभिल्सबाट लामिछानेलाई मैदानमा उतार्ने औपचारिक जानकारी ‘दैकिन इण्डिया’ले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको हो।
भारतमा सबैभन्दा रुचाइएका क्रिकेट लिग आईपीएलमा पहिलो पटक नेपाली खेलाडी सन्दीप ‘अक्सन’बाट छनोट भएका हुन्। लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको थियो।
आज दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्स्सँग खेल्दै छ । जुन खेलका लागि सन्दीपलाई ‘प्लेयर्स टू वाच’मा समेत राखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
