कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्दै

काठमाडौं । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ।

Advertisement

इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन्। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

र्इपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ। आवेदन गर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन्। अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ।

आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ। यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ।

त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

 

More News last news
Loading...