नयाँ दिल्ली । इराकको मोसुल सहरबाट हराएका ३९ भारतीय नागरिक आतंककारी संगठन आइएसआइएसको हातमा मारिएको पुष्टि भएको छ।
भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संसद् बैठकमा यसको पुष्टि गरेकी हुन्।
२०१४ मा भारतबाट कामका लागि मोसुल गएका मजदुरहरूलाई आतंककारी संगठन आईएसआईएसले २०१५ मा कब्जामा लिएको थियो । जब उनीहरूले भाग्ने कोसिस गरे । त्यसपछि आइएसआइएसले उनीलाई घेरेर मार्यो।
विदेशमन्त्री सुस्माले यी भारतीय मजदुरहरूको अपहरणका विषयमा सन् २०१५ मै राज्यसभामा जानकारी गराएकी थिइन्।
गत जुलाईमा मोसुल सहर विद्रोहीको कब्जाबाट मुक्त भएपछि आफ्ना नागरिकका विषयमा जानकारी लिन भारतीय विदेश राज्यमन्त्री जनरल विके सिंह इराक गएका थिए।
घटनाको समय मोसुलमै रहेका एक भारतीय हरजित मसिहले ३९ भारतीयलाई मारिएको प्रत्यक्ष देखेको दाबी थिए। यद्यपी, मसिहको दाबी झुठो रहेको विदेशमन्त्री सुस्मा स्वराजले बताएकी छिन्।
उनले सदनमा भनिन्, ‘आज म एक महत्वपूर्ण सुचना सदनलाई जानकारी गराउन चाहन्छु । जुन २०१५ मा इरामा हाम्रा ३९ भारतीयलाई आईएसआईएसले बन्धक बनाएका थिए । यस विषयमा पछिल्लो पटक सदनमा २७ जुलाई २०१७ मा चर्चा भएको थियो । बाजवाजीले सदनको शुन्य समयमा यो विषय उठाएका थिए।
त्यसको भोलीपल्ट सदनमा जवाफ दिनका लागि म आएको थिएँ । मैले त्यतिबेलै भनेको थिएँ कि जबसम्म मसँग कुनै प्रमाण हुदैँन म उनीहरूलाई मृत घोषणा गर्ने छैन । बिना प्रमाण कसैलाई मृत घोषणा गर्नु पाप हो ।
यो गैर जिम्मेवारीपन हो । त्यसैले मैले पक्का प्रमाण भेटेपछि मात्रै सदनलाई यस विषयमा जानकारी गराउने निर्णय गरेको थिएँ । सभामुखसँग अनुमति मागेर संसदको कारबाही रोकेरै यस विषयमा सदनमा जानकारी गराउने बताएको थिएँ ।
यदी, सदन चलेको छैन भने त्यस्तो अवस्थामा मैले जानकारी पाएको १० मिनेटभित्रै ट्वीटरमार्फत पुरै देशलाई जानकारी दिने सोचेको थिएँ । आज त्यही आफ्नो वाचा पुरा गर्नका लागि आएको छु । मसँग दुई विषयमा पक्का प्रमाण छन् । पहिलो, हरजीत मसिहले जे बताए त्यो साँचो थिएन ।
दोस्रो, भारी मन लिएर भन्दैछु हाम्रा नागरिक मारिए । हो, मोसुलमा बेपत्ता भएका ३९ जना मारिए । यस विषयमा हरजितसँग मेरो कुरा भएको थियो ।
उनले आतंककारीले सबै भारतीलाई एकसाथ खडा गरेर गोली हान्दै मारेको दाबी गरेका थिए । कसैको टाउको त कसैको छातिमा गोली लागेको उनको दाबी थियो ।
उनले आफुलाई भने खुट्टामा गोली लागेको बताएका थिए । तर, उनको दाबी भने झुठो थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
