मेष
आफ्नै बाहुबल तथा प्रयत्नद्वारा थालिएका उद्योग तथा व्यवसायले मनग्य मुनाफा दिलाउनेछ । बाहिरी वातावरणमा साथीभाइसँग मनोरञ्जन गर्दा प्रेमिका चिढिन सक्छिन् । मन पराउनेले दिएका सुझाव तथा सल्लाह उत्प्रेरक हुनेछन् । साताको अन्त्यतिर आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृष
तपाईंको सफलता देखेर डाह गर्नेहरू पिछा लाग्ने सम्भावना छ । प्रत्येक कार्य सम्पन्न गर्ने क्रममा गोपनियताप्रति हेक्का राख्नुहोला । सामाजिक सेवा गर्ने क्रममा केही समय खर्चिनुपर्ने अवस्था आउन सक्छ । भोजभतेर तथा खानपानमा संलग्न हुँदा समयको ख्याल राख्नुहोला ।
मिथुन
कुरा काट्नेलाई निस्तेज पार्दै अपेक्षित सफलता पाइनेछ। धन तथा समय दुवै खर्च हुने योग छ। बुधबारपछि आफन्तजनसँगको पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। छोटो समयमै घनिष्ठ हुने साथीहरूसँग मन खोलेर पूर्ण विश्वास नगर्नुमै तपाईंको भलो हुनेछ। पश्चिमतर्फको यात्रा लाभदायक हुनसक्छ।
कर्कट
रोजगारीको नयाँ अवसर पाउन सकिने योग छ। पारिवारिक तथा सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिवर्तन गरे लाभ होला । प्रेम जीवनले नयाँ मोड लिनेछ। रोकिएका पुराना कामको गाँठो फुक्ने सम्भावना छ । साताको अन्त्यमा परिवारिक भ्रमणले मानसिक थकानबाट राहत दिनेछ।
आजको राशिफल : मिति २०७४ साल चैत्र ०३ गते औँशी तिथि शनिबार
सिंह
अवसरको खोजीमा हुनुहुन्छ भने थप दौडधूप गर्नुपर्ने हुन सक्छ । लामो दूरीको यात्राले आर्थिक संकट निम्त्याउन सक्छ। पारिवारिक सुख-सुविधाका निम्ति विलासिताको सामग्री खरिद गर्नुपर्ने हुन्छ सक्छ। सहपाठीबीच मित्रताको बन्धन कसिनेछ। परोपकार तथा धार्मिक क्षेत्रमा आकर्षित हँुदै प्रतिष्ठित कार्य गरिनेछ।
कन्या
मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । साथीभाइहरूको भर पर्नुपूर्व तथ्य कुरा पत्ता लगाउने प्रयत्न गर्नुहोला । अरुको विश्वासमा पर्दा गोप्य सूचना बाहिरिन सक्छ । विशिष्ट व्यक्तित्वको प्रेरणाले नयाँ काम गर्ने ऊर्जा प्राप्त हुनेछ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ ।
तुला
आर्थिक कारोबार गर्दा भुल हुन सक्छ, सावधानी अपनाउनुहोला । सामाजिक सञ्जालबाट आएका प्रेम प्रस्तावलाई बिचार गरी स्वीकार गर्नु तपाईंको हितमा हुनेछ । वैदेशिक प्रक्रिया अघि बढाउँदा आर्थिक संकट आउन सक्ने योग छ । अन्तत: सफलता हात पर्नेछ । दान, पूण्यले मनमा ऊर्जा थप्नेछ ।
वृश्चिक
विश्वासी मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा बन्न लागेको काम बिग्रने सम्भावना छ । किचलो र विवादबाट टाढा रहनुमै तपाईंको कल्याण हुनेछ । परिस्थितिले खराब आचरण हुनेहरूको संगतमा पुर्याउन सक्छ, सचेत रहनुहोला । साताको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला।
आजको राशिफल : मिति २०७४ साल चैत्र ०३ गते औँशी तिथि शनिबार
धनु
अपरिचित व्यक्तिसँग कम बोल्नुमै तपाईंको हित हुनेछ । मनभित्रका दु:ख–सुखका भावना आदान–प्रदान गर्ने मित्र भेटिनेछन् । अभिभावकका भावना मुताविक व्यवहार गर्दा आर्थिक संकट पर्नेछैन । अध्ययनका लागि विदेश जान केही समय कुर्नुपर्नेछ । सुनौलो रंगको प्रयोग लाभदायक हुन सक्छ ।
मकर
शौक्षिक क्षेत्रमा लगानी गर्न साथीभाइबीच मत मिल्नेछ, जसले दैनिक कार्य व्यस्तता बढाउनेछ । सानातिना राजनैतिक वादविवादको सामना गर्नुपर्ला । बुधबारपछि सभा–सम्मेलन तथा विदेशी सेमिनारमा सहभागी हुँदै उन्नतिको मार्ग पहिल्याउन सफल भइनेछ । दूरदराजका यात्रामा सावधानी अपनाउनुहोला ।
कुम्भ
मित्रहरूका आलोचनालाई सकरात्मक रूपमा लिन सके स्वत: उचाइमा पुगिनेछ । नक्कल–झक्कलमा मन तानिनाले खर्चको मात्रा बढ्नेछ । मंगलबार तथा बिहीबार महत्वपूर्ण कार्य सम्पन्न गर्नुहोला । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ, त्यसमा सचेत रहनुहोला।
मीन
मन पराउनेको प्रस्ताव आएमा निर्णय गर्न ढिलाइ नगर्नुहोला । अध्ययनका निम्ति विदेश जाने सोचमा हुनुहुन्छ भने अपेक्षा गरेकै नतिजा हात लाग्न सक्छ । विशिष्ट व्यक्तिको सुझावले सकरात्मक मार्ग पहिल्याउन सकिनेछ । साताको अन्त्यमा वादविवादमा अल्झिनुपर्ने हुनसक्छ, अघि सर्नु उपयुक्त हुनेछैन।
आजको राशिफल : मिति २०७४ साल चैत्र ०३ गते औँशी तिथि शनिबार
(फलित ज्योतिष रामप्रसाद सिटौलाले तयार पारेको साप्ताहिक राशिफल)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
