नेपालको पहिलो जित, हङकङलाई पाँच विकेटले हरायो

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले जितेको छ । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।

Advertisement

यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए।

More News last news
Loading...