काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ ।
हङकङले टस जितेर नेपाललाई फिल्डिङमा बोलाएको हो।
प्लेअफअगावै ‘डिभिजन टू’मा घटुवा हुने सम्भावनाबाट बच्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । हङकङले भने नेपाललाई पराजित गर्न सके सुपर सिक्समा स्थान पक्का गर्नेछ।
नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अंकगणितमा मात्र सम्भव छ । हङकङलाई निकै ठूलो अन्तर (असम्भव प्राय:) ले पराजित गरे मात्र नेपाल शीर्ष ६ मा स्थान बनाउन सफल हुनेछ।
यद्यपि हङकङलाई हराएमा नेपालले एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना भने जीवित रहने छ।
प्रतियोगितामा १ खेल जितेको हङकङ समूहको चौंथो र अंकविहीन नेपाल पाचौं स्थानमा छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
