एक पिताले आफ्ना छोरालाई अश्लील फिल्म हेरिरहेका बेला रंगेहत समातेपछि निकै खतरनाक कदम उठाएका छन् । उनले आफ्ना किशोर छोरालाई अश्लील फिल्म हेरिरहका बेला रंगेहत समातेका थिए । लगत्तै उनले रिसमा आफ्ना छोराको हात काटिदिएका छन् । घटना भारतको हैदराबादमा भएको हो ।
ती किशोरले लगातार अश्लील फिल्म हेर्ने गर्थे । पिताले पटक पटक यसो नगर्न सम्झाउँदा पनि नमानेपछि उनले छोराको हात नै टुक्र्याइदिएका हुन् । मोहम्मद कैयुम कुरेशी नामका पिताले आफ्ना १८ वर्षका छोरा मोहम्मद खालिद कुरेशीको टाहिने हात टेक्र्याइदिएर प्रहरीसामु आत्मसमर्पण गरेका छन् । खालिदले केही समय पहिले स्मार्टफोन लिएको र त्यसमा अश्लील फिल्म हेर्ने बानी बसेको पिताले बताएका छन् ।
पिता कैयुम पेशाले मासु व्यवसायी हुन् । उनले छोरालाई पटक पटक फोनमा अश्लील फिल्म नहेर्न भनेका थिए तर छोराले मानेनन् । गत सोमबार पिता कैयुमले छोरा खालीदलाई ब्यु फिल्म हेर्दै गर्दा रंगेहत समाते । रिसमा छोराको मोवाइल खोस्न खोज्दा छोरा घरबाट भागे । भागेका छोरा रातभर घर आएनन् । बिहान घर फर्किएका छोरालाई रिसमा कैयुमले गाली गर्दै हात काटिदिए । खालीदले चिच्याएको सुनेर आएका आफन्तले उनलाई तत्काल अस्पताल लिएर गए । डाक्टरले उनको हात पुतः जोडिन सक्ने बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
