काठमाडौं । उत्तर कोरियाले अमेरिकालाई मानवजातिको घोषित शत्रु भनी घोषित गरेको छ। अनि दक्षिण कोरियाले किम जोङ–उनको गैरआणविकीकरण अफरमाथि आशावादी हुनु हतारो हुने बताएको छ।
प्योङयाङको रोदोङ समाचारपत्रले अमेरिकामाथि आरोप लगाउँदै उसले पृथ्वीलाई अर्को डरलाग्दो आणविक क्षतितर्फ धकेलेको अनि विश्वको शान्ति र सुरक्षा ध्वस्त पारेको लेखेको छ ।
उता दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले उत्तरको गैरआणविकीकरण वार्तामा सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
मूनले आशावादी भइहाल्नु हतारो हुने बताए जबकि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यो विकसित घटनाक्रमलाई स्वागत गरे ।
प्योङयाङले अमेरिकासँग कुराकानी गर्न चाहेको अनि आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक हतियार नचाहिने घोषणा गरेकोलाई सकारात्मक भनी ट्रम्पले टिप्पणी गरेका छन् । एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
