काठमाडौं । स्टार वार्स जस्ता साइन्स फिक्सन र हतियारबाट दुनियाँलाई नस्ट गरेको फिल्म त देख्नु भएको होला । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता हतियारहरुको वास्तविकता प्रस्तुत गरे । भिडियोमार्फत् संसदमा देखाइएका ति हतियार अझै रुससँग छन् र प्रभावकारी काम गर्दछन् ।
रुसको संसदमा आफ्नो वार्षिक सम्वोधनको क्रममा पुटिनले केबल देशको वर्तमान अवस्था, चुनौति र विदेश नीतिको मात्र कुरा गरेनन् बरु शक्तिशाली हतियारहरु पनि प्रदर्शन गरे ।
प्रदर्शन गरिएका हतियारहरुलाई उनले ‘अजय’ अर्थात् कहिल्यै नहार्ने बताए । प्रदर्शित हतियारहरुमा एक द्वीपबाट अर्को द्वीपसम्म मार हान्न सक्ने मिसाइलदेखि लिएर हाइपरसोनिक रकेट र लेजरबिमसम्म छन् ।
पुटिनका अनुसार यी हतियार अमेरिकाले रक्षा सन्धि उल्लंघन गरेको जवाफस्वरुप बनाइएको हो । पुटिनले भने, ‘पहिले हामीसँग हतियार त थिए, तर कसैले हाम्रा कुरा सन्दैनथिए, अब हामीलाई सुन ।’
उनले थुप्रै हतियारहरुमध्ये जम्मा ६ वटाको प्रदर्शन गरे र भने, ‘हतियारहरुको सूची लामो छ ।’
आफ्नो सम्वोधनको क्रममा पुटिनले भने, ‘हालसम्म विश्वभर यस्ता हतियार कसैसँग छैन र यी प्रभावशाली छन् ।’
उनको यस अभिव्यक्तिले धेरैलाई शीत युद्धको सबैभन्दा विवादास्पद समयलाई सम्झायो । यद्यपि यी हतियारहरु वास्वतमा रुससँग छन् कि छैनन्, यसको प्रमाण प्रस्तुत गरिएको छैन न त कुनै स्वतन्त्र एजेन्सीले पुष्टि गरेको छ ।
अमेरिकालाई आश्यर्च लागेन
अमेरिकाको रक्षा मन्त्रालयले रुसको यस प्रदर्शनमा आश्चर्य व्यक्त गरेको छैन । मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले पत्रकारसँग भने, ‘हामीले रुसमाथि लामो समयदेखि नजर राखिरहेका छौं । जुन हतियारको बारेमा कुरा गरिएको छ, तिनले लामो समयदेखि काम गरिरहेका छन् । हामीलाई कुनै आश्चर्य लागेको छैन ।’
डानाले शक्तिशाली हतियारबारे पुटिनले गरेका तर्कमा भने प्रतिक्रिया दिएनन् ।
अमेरिकी गृह मन्त्रालयका अनुसार मस्कोले सन् १९८७ मा भएको अन्तर्राष्ट्रिय सम्झौताको उल्लंघन गरेको छ जसअनुसार अमेरिका र तत्कालीन सोभियत संघले ५ सयदेखि पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने परमाणु हतियार नस्ट गर्नुपर्ने थियो ।
उत्तरी अमेरिका र यूरोपका २९ स्वतन्त्र देशहरुको समूह नाटोले यसबारेमा प्रतिक्रिया जनाउन रोक लगाएको छ । आखिर रुसका ६ शक्तिशाली हतियार कुन-कुन हुन् र हालसम्म सार्वजनिक यसको क्षमता शक्तिबारे यहाँ प्रस्तुत गरिएको छ :-
१. सरमट
एक द्वीपबाट अर्को द्वीपमा प्रहार गर्न सकिने यो शक्तिशाली मिसाइल हो । यसलाई ‘साटन २’ नामले पनि चिनिन्छ । पुटिनले भनेका छन् कि यस नयाँ प्रणालीको परीक्षण एक नयाँ प्रक्रियामा प्रवेश गरिसकेको छ ।
बीबीसीका अन्तर्राष्ट्रिय मामिलाका सम्वाददाता रिचर्ड गलपीनका अनुसार सरमटलाई सोभियत युगको वोयवोडा मिसाइलको सट्टामा प्रस्तुत गरिएको छ । यो अत्यधिक शक्तिशाली छ ।
यो कम सयममा प्रहार गर्न सक्षम छ । जसलाई मिसाइल रक्षा प्रणालीमार्फत् रोक्न निकै कठिन हुन्छ । रिचर्ड गलपीन भन्छन्, यसको प्रविधिलाई हेर्दा भविष्यमा पनि रोक्न मुस्किल हुनेछ ।
२. क्रुज मिसाइल
यसको नाम अझै राखिएको छैन । तर यसले असीमित दुरीसम्म मार हान्न सक्छ । राष्ट्रपति पुटिनका अनुसार यो एक नयाँ किसिमको रणनीतिक मिसाइल हो जसलाई व्यालेस्टिक मिसाइलले जसरी प्रहार गर्न सक्दैन । यही कारण हो यसलाई मिसाइल रक्षा प्रणालीबात रोक्न मुस्किल हुने ।
३. पानी मुनिबाट स्वतः प्रहार गर्ने परमाणु मिसाइल
यसको नाम पनि अझैसम्म रुसले तय गरेको गरेको छैन । यसबाट समुद्र मुनिबाट निशाना लगाउन सकिन्छ । यो मिसाइल मानवरहित हो । राष्ट्रपति पुटिन भन्छन्, ‘रुसले पानी मुनिबाट प्रहार गर्न सक्ने मिसाइल बनाइसकेको छ । यो मानवरहित मिसाइल हो ।’
उनी थप्छन्, ‘यो पनडुब्बीभन्दा पनि अधिक तेज र शक्तिशाली छ ।’
४. किन्झलः हावाबाट प्रहार गर्न सकिने हाइपरसोनिक मिसाइल
राष्ट्रपति पुटिनले रुसको हाइपरसोनिक हतियारलाई किन्झल नाम दिएका छन् । उनका अनुसार यो हावामा प्रहार गर्न सकिन्छ । यसले सटीक निशाना साध्न सक्छ । यसको गति पनि अत्यधिक छ । त्यसैले यसलाई रोक्न मुश्किल छ ।
पुटिनले यसलाई दुई हजार किलोमिटरभन्दा टाढाको दुरीसम्म निशाना साँध्न सक्षम रहेको बताएका छन् ।
५. एवन गार्डः धेरै तरिकाले मार हान्नसक्ने हाइपरसोनिक मिसाइल
राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार यो एक नयाँ प्रकारको हतियार हो । उननै शब्दमा यसको परीक्षण सफल भइसकेको छ । यसको गति २५ हजार किलोमिटर प्रतिघण्टाको छ जसले एक द्वीपबाट अर्को द्वीपसम्म सजिलै मार हान्न सक्छ ।
राष्ट्रपति पुटिनका अनुसार यसले कयौं हजार किलोमिटरसम्म सीधा र तेर्सो मार हान्न सक्छ । उनका अनुसार यो आफ्नो लक्ष्यसम्म आगोको गोलाजसरी पुग्छ । यसको सतहको तापक्रम १६ सय देखि २ हजार डिग्री सेल्सियससम्म हुन्छ ।
६. लेजर हतियार
यसको नाम पनि अझै तय गरिएको छैन । पुटिनका अनुसार उनको देशले लेजर हतियारहरु निर्माणका लागि उल्लेखनीय कदम पनि चालेको छ ।
उनले भने, ‘यो केबल कागजमा सीमित छैन, न त यो प्रयोगमा आएको छ । हामीले गत वर्ष नै लेजर हतियार सेनालाई सुम्पिइसकेका छौं ।
यद्यपि पुटिनले यसको कुनै प्रमाण पेश गरेनन् । नत उनले नाम भने । उनले भने, ‘यसको जानकारी दिने बेला अझै भएको छैन ।’
लेजर हतियारले रुसको शक्तिलाई कयौं गुणा बढाएको पुटिनले बताएका छन् ।
(बीबीसी हिन्दीबाट)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
