गौर/काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा गएराति मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
राति साढे ९ बजे बा४६प १३३० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गुजुरा गाँउपालिका–९ का २१ वर्षीय अक्षय यादव र पछाडी सवार १७ वर्षीय रिवाज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भिर घाइते भएका दुबै जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।
त्यस्तैगरी ललितपुरको ज्वागलमा आज बिहान ३ बजे मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
प्रहरीका अनुसार राति बा६४प ५९९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर अग्निसाल बस्ने २१ बर्षीय रुविन सिंह महर्जन र पछाडी सवार काठमाडौं बत्तिसपुतली बस्ने २८ बर्षीय विराट दाहाल घाइते भएका हुन्।
घाइते दुवैलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
